You are currently viewing सुदूरपश्चिमका वन मन्त्री चौधरीलाई तत्काल राजीनामा दिन मुख्यमन्त्रीको निर्देशन /@Sudurpaschimprovince

सुदूरपश्चिमका वन मन्त्री चौधरीलाई तत्काल राजीनामा दिन मुख्यमन्त्रीको निर्देशन /@Sudurpaschimprovince

असार ४,धनगढी : सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्री कमलबहादुर शाहले निर्देशन दिएका छन् ।नागरिक उन्मुक्ति पार्टी ९नाउपा० बाट ४ जेठमा मन्त्रीमा नियुक्त भएका चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्रीले निर्देशन दिएको उनी निकट स्रोतले बतायो । स्रोतकाअनुसार मुख्यमन्त्री शाह मन्त्री चौधरीको कार्यशैलीप्रती असन्तुष्ट थिए । बजेट निर्माणका क्रममा समेत मन्त्री चौधरीले आफूखुसी गरेको अनुुभूती गरेका मुख्यमन्त्री शाहले तत्काल राजीनामा गर्न निर्देशन दिएको दाबी गरिएको छ ।

मुख्यमन्त्रीको निर्देशनपछि मन्त्री चौधरी आन्तरिक परामर्शमा जुटेका छन् । नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरुसँग उनी परामर्श गरिरहेका छन् । नाउपाका एक प्रदेश सभा सदस्यले मुख्यमन्त्रीले राजीनामा मागेको कुरा आएपनि कारण भने थाहा नभएको बताए ।

तर, रामेश्वर चौधरी कृषि मन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट रकम असुल्ने समूहसँग जोडिएको विषयलाई लिएर मुख्यमन्त्रीले राजीनामा मागेको नाउपा निकट स्रोत बताउँछ । यो प्रकरणमा संलग्न कैलालीकी सुशिला खड्कासहितका केहीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

नाउपाका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले दीगो वन व्यवस्थापन कार्यविधि बनाउन आर्थिक लेनदेन गर्न योजना बनाएको प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि नाउपाले रामेश्वरलाई मन्त्रीमा पठाएको थियो ।

Leave a Reply