जेठ १९,धनगढी : आईसीसी क्रिकेट विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्याण्डसँगको खेलमा नेपालले १०० रन पूरा गरेको छ । स्कटल्याण्डले दिएको २९७ रनको लक्ष्य पछ्याउने क्रममा १८.१ओभरको खेल सकिदा नेपालले २ विकेटको क्षतीमा ११० रन बनाएको छ ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले आकर्षक अर्धशतक प्रहार गरे । ४४ बलको सामना गरेका भुर्तेलले ११ चौका हिर्काउँदै ५३ रन बनाए । त्यस्तै ओपनर आशिफ शेखले २० रन बनाए । अहिले भिम सार्की र कप्तान रोहित कुमार पौडेल क्रिजमा छन । सार्की २४ तथा पौडेल १७ रन बनाएर खेलिरहेका छन । अब नेपाललाई जितका लागि २८.१ ओभरमा १७७ रन आवश्यक छ ।