You are currently viewing ९४९ जना घाइते उपचारपछि फर्किए घर

९४९ जना घाइते उपचारपछि फर्किए घर

२६भाद्र,२०८२ः सोमबार र मङ्गलबार दुई दिन भएको प्रदर्शनको क्रममा घाइते भएका मध्ये ९४९ जना उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार एक हजार ३६८ जना घाइते भएका मध्ये ९४९ जना उपचारपछि डिस्चार्ज भएका हुन् ।
तीन सय २१ जना देशका विभिन्न ४१ अस्पतालमा उपचारत छन्। घाइतेमध्ये ३५ जनाको शल्यक्रिया भएको छ । सिभिल अस्पतालमा उपचारका लागि पुगेका ४४२ घाइतेमध्ये २१ जनाको शल्यक्रिया गरिएको छ। ट्रमा सेन्टरमा १६१ घाइते भर्ना भएकामध्ये ११ जनाको शल्यक्रिया गरिएको छ। त्यसैगरी नारायणी अस्पतालमा नौजना घाइतेमध्ये तीन जनाको शल्यक्रिया गरिएको छ ।


मृत्यु हुने घाइतेको सङ्ख्या ३४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले सबैभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको मृत्यु भएको जानकारी दिनुभयो। त्यसैगरी, सिभिल अस्पतालमा ६ जना, एभरेस्ट र फ्रन्टलाइन अस्पतालमा तीन–तीन जनाको मृत्यु भएको छ।
काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जनाको मृत्यु भएको छ । त्यस्तै वयोधा अस्पतालमा दुई, त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ । त्यसैगरी काठमाडौँ बाहिरका भेरी अस्पतालमा पाँच, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई, बिएनसी अस्पताल बिर्तमोडमा एक र बिर्तासिटी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply