You are currently viewing अछाममा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते

अछाममा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते

१८ श्रावण,२०८२ : अछाममा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको ढकारी गाउँपालिका– ४ घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका –१ बस्ने ४९ वर्षीय धर्मसिंह थापा शनिबार दिउँसो बाघको आक्रमणमा परी गम्भीर घाइते भएका हुन् ।
थापा ससुराली दाउन्मोराबाट आफ्रनो घर भिरमुड फर्किदै गर्दा बसन्त सामुदायिक वनअन्तर्गतको बुकखोला डांडामा दिउँसो करिब ३ बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । आक्रमणका क्रममा थापाको दुवै गाला, टाउको र बायाँ हातको पाखुरामा गहिरो चोट लागेको बताइएको छ ।
उपचारका लागि घाइते थापालाई जिल्ला अस्पताल मङ्गलसेन पु¥याइएको थियो । थापा अचानक भएको बाघको आक्रमणमा परेपछि सो क्षेत्रमा स्थानीयवासी त्रसित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply