पौष २१,धनगढी : पठन संस्कृति निर्माणका लागि यस अघि गठन भएको अध्ययन मञ्च दाङ पुनर्गठन भएको छ । शनिबार जिल्लाको घोराहीमा आयोजित एक भेलाले लेखक एवं प्रकाशक सूर्य बिसीको संयोजकत्वमा नौ सदस्यीय समिति पुनर्गठन गरिएको समितिका सदस्य थम्मन बस्नेतले बताए ।

जसमा महेश बस्नेत, श्रद्धा धिताल, बिन्दु गिरी, थम्मन बस्नेत, बिपि रावत, मनिषा गिरी, बिपिन आचार्य लगायत रहेको बताइएको छ । पठन संस्कृति कमजोर हुँदा समाज रचनात्मक एवं सभ्य बन्न नसक्ने बताउदै संयोजक बिसीले कला, साहित्य र सिर्जनात्मक लेखनमा गम्भीरतापुर्वक काम गर्न यो अभियान सुरु गरिएको बताए । साथै बिसीले दाङका प्रबुद्ध व्यक्तित्वहरुको सहयोगमा पुस्तक पठन अभियानलाई बल पुग्ने कार्यक्रमलाई तिव्रता दिइने सुनाए । बिसी बिएन पुस्तक संसार काठमाण्डौंका प्रबन्धक तथा मेधावी कन्सर्न घोराहीका सञ्चालक हुन । लामो समय काठमाण्डौं बसेका बिसी पछिल्लो समय दाङ झरेपछि साहित्यिक गतिविधिमा पनि सकृय बनेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?