१२ भाद्र २०८२ः भारतको लखनउस्थित सिटी मोन्टेसरी स्कूलमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम ‘रिफ्लेक्सन’ मा नेपालकोतर्फबाट धनगढी स्थित ग्ली एकेडमीले प्रतिनिधित्व गरेको छ। उक्त कार्यक्रममा नेपालसहित अन्य ४/५ देशका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
चार दिनसम्म चल्ने यस कार्यक्रममा ग्ली एकेडमीबाट चार जना विद्यार्थीले सहभागिता जनाएका छन । सहभागी विद्यार्थीहरूमा आयुशा बिष्ट, आयुशा कटुवाल, श्रेया ओझा र सुश्रीती ओझा रहेका छन्। उनीहरूले ग्रुप डिस्कसन, वक्तृत्वकला नृत्य, चित्रकला लगायतका विभिन्न प्रतिस्पर्धात्मक गतिविधिमा भागलिएका छन्।
सो कार्यक्रममा ग्ली एकेडमीकी सहायक प्रधानाध्यापक तारा भट्ट पल्लवी पनि चार जना विद्यार्थीसँगै सहभागी छन् । भट्टका अनुसार यस अन्तर्राष्ट्रिय कार्यक्रमले विद्यार्थीहरूलाई विश्वस्तरीय मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गर्न अवसर दिलाउने मात्र नभई अन्तरसंस्कृति आदानप्रदानमा समेत योगदान पु¥याउनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?