७ भाद्र,२०८२ : फिल्म अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला शनिबार उमेरले अर्धशतक अर्थात ५० वर्ष पूरा गरेकी छन् । जन्मदिनमा आयोजित सेलिब्रेसन समारोहमा पारिवारिक सदस्यसहित कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, किरण केसी, निर्मल शर्मा कमेडी नाइट विथ च्याम्पियन्सको टोली सहभागी थिए ।

सन १९७३ मा विराटनगरमा जन्मिएकी निरौला सानैदेखि चञ्चले स्वभावकी थिइन । उनले लामो समय रेडियो जक्कीको रुपमा काम गरिन । पछि टेलिभिजनमा तितो सत्य सियिल हुँदै चलचित्र अभिनयदेखि निर्देशकसम्मको भूमिका खेलिसकेकी छिन । पछिल्लो समय उनी चलचित्र निर्माणमा व्यस्त छिन । अर्धशतक पूरा गरेपनि अभिनेत्री निरौला वैवाहिक बन्धनमा भने बाँधिएकी छैनन ।

निरौलालाई सामाजिक संजालबाट पनि थुर्पैले शुभकामना सन्देशहरू दिएका छन् । अभिनेता दीपकराज गिरी र निर्मल शर्माले बिहानै दीपाश्रीलाई बधाई दिँदै उनको प्रशंसा गरेका थिए ।
दिपक राज गिरीले बिहानै दिपा र आफूसँगै भएको तस्वीर शेयर गर्दे उनको प्रशंशा गरेर पोष्ट गरेका थिए जुन यस्तो थियो ।
समाज जतिसुकै आधुनिकता तिर बढे पनि नारी र पुरूषमा मनोवैज्ञानिक विभेद रहेकै छ ! नारी जतिसुकै सक्षम भएपनि उसको उपलब्धिलाइ शंकाभावले हेरिन्छ ! स्वतन्त्र रूपले कर्ममा लाग्दा पनि नारीका उपलब्धिभन्दा बढि उसका ब्यक्तिगत कुराका चियो चर्चा र चासो हुने गर्छ ! प्रश्नहरू उठाइन्छ ! अनावश्यक जिज्ञासा राखिन्छ …!
यस्ता अनेकौ प्रश्नहरू, जिज्ञासाहरू र बाधाहरूका बावजुद निरन्तर आफ्नो कर्ममा लागेर हरेक कर्ममा आफ्नो अब्बलता प्रमाणित गरिरहने तिमीलाई सर्वप्रथम सलाम छ ! केहि अझै लेख्छू, तिमी सबैप्रति दयाभाव राख्ने, आफ्ना सुविधामा भन्दा समर्पणमा विश्वास गर्ने, भविष्यमा होइन वर्तमानमा बॉच्न सक्ने, पीडालाई पोल्टामा राखेर पनि हॉस्न सक्ने, काँडाहरू आफू लिने, अरूलाई फूल दिने, खुसी सापट दिएर पनि भूल्दिने, जो सबैभन्दा जाति छिन्, मेरो सुख दुखकी एउटा साथी छिन । मेरो सुख दुःखकी साथी छिन् । ह्याप्पी बर्थडे माई डियर फ्रेन्ड दीपा ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?