जेष्ठ २,शुक्रबार : आईसीसी विश्वकप लिग २ शृंखलाअघि अभ्यासका लागि युकेमा रहेको नेपाली टोलीले पहिलो एकदिवसीय अभ्यास खेलमा जित हासिल गरेको छ ।नेपालले कार्डिफको न्यू पोर्ट टोलीलाई ३ विकेटले हराएको हो । २१३ रनको लक्ष्य नेपालले ३७।५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एक समय १८ रनमै ५ विकेट गुमाएको नेपाली टोलीका लागि आरिफ र गुलशनले शतकीय साझेदारी गर्दै जितसम्म पुर्याए

यी दुईले सातौं विकेटका लागि १३४ रनको साझेदारी गरे । गुलशन झाले सर्वाधिक ८० रन बनाए । आरिफ शेखले अविजित रहँदै ७३ रन बनाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कार्डिफले अलआउट हुँदै २१२ रन बनाएको थियो । कार्डिफका लागि ओपनर विल ट्रिपकोलीले शतकीय पारी खेल्दै सर्वाधिक ११८ रन बनाए ।

नेपालका कुशल भुर्तेलले ३ विकेट लिँदा दिपेन्द्रसिंह ऐरीले २ तथा रिजन ढकाल, ललित राजवंशी, सोमपाल कामीले १/१ विकेट लिए ।नेपालले बेलायतमा थप ३ टोलीसँग अभ्यास खेल खेल्ने तालिका रहेको नेपनल क्रिकेट संघ क्यानले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?