३०भाद्र,धनगढीः नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कार्यभार सम्हालेका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उनले पदबहाली गरेका हुन । उनी नेपाल विद्युत् प्राधिकरणको पूर्व कार्यकारी प्रमुख हुन।

राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनी आइतबार साँझ मन्त्री कनेका हुन् । उनले ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?