You are currently viewing एएफसी यू–२० महिला एशियन कप छनोट खेल्ने नेपाली टोलीको घोषणा

एएफसी यू–२० महिला एशियन कप छनोट खेल्ने नेपाली टोलीको घोषणा

१२श्रावण,२०८२ः एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोट २०२५ का लागि नेपाली टोलीको घोषणा गरिएको छ । टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले हिजो २३ सदस्यीय टोली घोषणा गरेको हुन् ।

टोलीले आउँदो भदौ २३ देखि २८ गतेसम्म भूटानमा आयोजना हुने छनोटमा खेल्नेछ । नेपाल समूह ‘बी’ मा रहेको छ । यो समूहमा उत्तर कोरिया, आयोजक भूटान र साउदी अरब पनि छन् । छनोट चरणमा हरेक समूहको शीर्ष टोलीले अर्को वर्ष आयोजना हुने एएफसी २० वर्षमुनिको महिला एशियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply