You are currently viewing एनपीएल क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडीको अक्सन मिति सार्वजनिक

एनपीएल क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडीको अक्सन मिति सार्वजनिक

१० श्रावण,२०८२ः नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडीको अक्सन यही साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज विज्ञप्ति निकालेर एनपीएलको अक्सन साउन २४ गते हुने जानकारी दिएको हो ।


क्यानका अनुसार असार २८ देखि साउन ६ गतेसम्म चार सय ५८ खेलाडीले अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन् । दर्ता भएका सबै खेलाडीको नाम आठ वटै फ्रेन्चाइजी टोलीलाई क्यानले पठाइसकेको छ ।एनपीएलमा सहभागी हुने आठ वटा टोलीले आफूले चाहेको तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेर अक्सनमा सहभागी रहने खेलाडीको अन्तिम सूची केही दिनमा सार्वजनिक गर्ने क्यानले जनाएको छ । क्यानले दोस्रो संस्करणको एनपीएल आउँदो नोभेम्बर/डिसेम्बरमा आयोजनाको गर्ने तयारी गरेको छ । पहिलो संस्करणमा जनकपुर बोल्ट्सले उपाधी जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply