You are currently viewing एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्वीन्सको लगातार दोस्रो जीत

एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्वीन्सको लगातार दोस्रो जीत

२१ भाद्र,धनगढीः पोखरामा चलिरहेको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्वीन्सले लगातार दुई खेलमा जितेको छ । पोखराको बहुउद्देश्यीय कभर्डहलमा भएको आफ्नो दोस्रो खेलमा ललितपुरले काठमाण्डौ स्पाइकर्सलाई ३–० को सोझो सेटमा हरायो ।


ललितपुरले पहिलो सेट २५–१९, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२१ ले जित्यो । ललितपुरले हिजो मधेश युनाइटेडलाई ३–० को सोझो सेटमा हराएको थियो ।


यस्तै अहिले कर्णाली यशविस र लुम्बिनी लाभासको खेल चलिरहेको छ भने बेलुकी ५ बजे पोखरा निन्जाज र मधेश युनाइटेड खेल्दैछन् । प्रतियोगितामा छ वटा टोली रहेका छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply