You are currently viewing एमाले नेता थापाको पार्टी अध्यक्ष ओली लक्षित स्टाटस,बहसलाई बन्देज गर्ने कुराले पार्टीलाई हानी हुन्छ

एमाले नेता थापाको पार्टी अध्यक्ष ओली लक्षित स्टाटस,बहसलाई बन्देज गर्ने कुराले पार्टीलाई हानी हुन्छ

पौष १९,धनगढी: नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीका तीन नेतामाथि भएको कारबाहीको आलोचना गरेका छन्।

थापाले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै पार्टीमा स्वस्थ राजनीतिक र वैचारिक बहस गर्नु हरेक राजनीतिक नेता/ कार्यकर्ताको धर्म भन्दै विचार र विश्लेषणको शृंखला टुटेमा राजनीतिक धरातल नै सकिने चेतावनी पनि दिएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन ।

स्वस्थ्य राजनीतिक, बैचारिक बहस गर्नु हरेक राजनीतिक नेता कार्यकर्ताको धर्म हो । तोकिएको विधि बमोजिम गरिने बहसलाई बन्देज गर्ने कुरा कुनै दृष्टिकोणले उचित मानिदैन । अराजकता र अनुशासनहिता पनि कही स्वीकार्य हुदैन । विचार र विष्लेषणको सृङखला टुट्यो भने राजनीतिक धरातल सकिन्छ र एक हिसाबले भन्ने हो भने राजनीतिकर्मीको मृत्युु हुन्छ । विचारमा आधारित भएर राजनीतिक बहस गरौ । सबै प्रकारका असन्तुष्टहरूको विरोधको निशाना बनेको एमालेलाई बैचारिक हतियारको बलबाटै मजबुत पार्न सकिन्छ । एमालेको सम्पूर्ण पंक्ति यस दिशातिर अगाडि बढ्नु उचित हुनेछ । असभ्यताको प्रदर्सन असामाजिक र गैरराजनीतिक भएकाले कसैका लागि हितकर हुदैन ।

पुस १० गतेको एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष डा भीम रावललाई पार्टीबाटै निष्काशन, स्थायी समिति सदस्य डा विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनामाथि ६ महिना पाँच महिना निलम्बन गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply