You are currently viewing ऐश्वर्य बहुमुखी क्याम्पसमा ९११ मत गणना हुँदा नेविसंघलाई ६८ मतको अग्रता,पछ्याउँदै अनेरास्ववियु र अखिल

ऐश्वर्य बहुमुखी क्याम्पसमा ९११ मत गणना हुँदा नेविसंघलाई ६८ मतको अग्रता,पछ्याउँदै अनेरास्ववियु र अखिल

चैत्र ६,धनगढी : धनगढीस् कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु नेतृत्व चयनका लागि मंगलबार सम्पन्न मतदान पछि मत गणनाको काम पनि जारी नै रहेको छ । एक हजार ४०३ मत खसेको ऐश्वर्य बहुमुखी क्याम्पसमा अहिलेसम्म ९११ मत गणना हुँदा नेविसंघका सभापतिका उमेदवार दिपक भट्टले लिड गरिरहेका छन ।

उनले ३४४ मत प्राप्त गरेका छन । त्यस्तै अनेरास्ववियुका दिपेन्द्र भट्टले २७३ र अखिल क्रान्तिकारीका विकास विस्टले विकल्पले २६५ मत प्राप्त गरेका छन । अब ४९२ मत गणना हुन बाँकी छ ।

। सुदूरपश्चिममा सर्वाधिक चाँसोको रुपमा हेरिएको ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु नेतृत्वको लागि तीन संगठन मैदानमा उत्रिएका थिए ।नेविसंघले सभापतिमा दीपकराज भट्टलाई उम्मेदवार बनाएको छ ।

 

अनेरास्ववियुले दिपेन्द्र भट्ट तथा अखिल क्रान्तिकारीले बिकास बिष्टलाई सभापतिको उम्मेदवार बनाएको छ । अनेरास्ववियुले आफ्नो दबदबा कायमै राख्ला वा नेविसंघले विजयको झण्डा फहराउला कि अखिल क्रान्तिकारीले चामत्कारिक नतिजा ल्याउला त्यो भने हेर्न बाँकी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply