२० श्रावण,२०८२: धनगढी उपमहानगरपालिका वडा न.५ मा हसनपुरमा रहेको ऐश्वर्य विद्या निकेतनले कक्षा १२ मा ५७.७७ प्रतिशत नतिजा ल्याएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार २०८१ कोे कक्षा १२ को वार्षिक परीक्षामा सहभागी ७४६ जना विद्यार्थी मध्येमा ४३१ जना उत्तिर्ण भएको विद्यालय प्रशासनले जनाएको छ । उत्तिर्ण ४३१ विद्यार्थी मध्ये व्यवस्थापन संकायका निलेश शर्मा र रश्मी चन्दले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएका छन । उनीहरु दुवैले ३.९२ जिपिए प्राप्त गरेका छन ।

ऐश्वर्य विद्या निकेतनमा विज्ञान संकायमा २२६ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा १३८ जना अर्थात ६१.०६ प्रतिशत उत्तिर्ण भएका छन । त्यस्तै व्यवस्थापन संकायमा ४८२ जना विद्यार्थी सहभागी भएकोमा २६३ अर्थात ५४.६६ प्रतिशत र मानविकी र शिक्षा संकायमा ३८ जना सहभागी भएकोमा ३० जना अर्थात ७८.९६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालय प्रशासनले दिएको जानकारी अनुसार २५ जना विद्यार्थीहरुले सर्वोत्कृष्ट नतिजा अर्थात ए प्लस ल्याएका छन । त्यस्तै ९३ जनाले ए , १७५ जनाले बी प्लस,१३२ जनाले बी र ६ जनाले सी ग्रेड ल्याएका छन । ऐश्वर्य विद्या निकेतनमा शैशिक सत्र २०८२ मा कक्षा ११ मा ७०० भन्दा बढी विद्यार्थी भर्ना भएका छन भने हाल कक्षा १२ मा अध्ययनरत विद्यार्थी संख्या ७६६ जना छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?