जेठ ५,धनगढी : कृष्णपुर नगरपालिका वडा न ५ गुलरियामा रहेको कञ्चनजंगा क्याम्पसले बिबिएस प्रथम वर्षमा उत्कृष्ट नतिजा ल्याएको छ । भर्खरै सार्वजनिक भएको नतिजा अनुसार कञ्चनजंगा क्याम्पसमा परीक्षा दिएका ३२ जना विद्यार्थी मध्ये २० जना पास भएका छन ।

जस्मा कञ्चनजंगाकी अमृता बमले सर्वाधिक ७३ प्रतिशत अंक प्राप्त गरेकी छिन । त्यस्तै दिया सिंहले ६७,आकाश भट्टले ६६,स्मृती बोगटी,दिपक भट्टराई,कल्पना भट्राई र लक्ष्मी ताम्राकारले ६० प्रतिशत अंक प्राप्त गरेका छन ।

प्लस टु अन्तर्गत उत्कृष्ट नतिजा निकाल्दै गुलरीया,अत्तरीया,वाणी क्षेत्रमा लोकप्रीय रहेको कञ्चनजंगाको स्नातक तहमा यो पहिलो ब्याच हो । क्याम्पस प्रमुख सुदिप ओझाले कञ्चनजंगा क्याम्पसलाई उत्कृट व्यवस्थापन कलेज बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन । उनले विद्यार्थीको भीड बढाउनु भन्दा पनि भर्ना भएको विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आफ्नो टिम खटेर लाग्ने गरेको बताए ।

क्याम्पस प्रमुख ओझाले गुलरीया,अत्तरीया,वाणी,विचवा क्षेत्र ठूलो भएर पनि राम्रो व्यवस्थापन सहितको कलेज नहुँदा सयौं विद्यार्थी धनगढी महेन्द्रनगर गैरहेको भन्दै ती विद्यार्थीहरुलाई रोक्न पनि आफूहरुले स्नातकको पढाई सुरु गरेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?