१७श्रावण,२०८२ः सर्जक तथा गायक प्रेम बहादुर कुंवर र गणेश प्रसाद भाटको नयां तीज गीत हालै “प्रेम कुवंर“ नामक युट्युब च्यानलमार्फत औपचारिक रूपमा सार्वजनिक गरिएको छ। यो गीतले नेपाली चाडपर्व, संस्कृति र परम्परालाई उजागर गर्दै तीज पर्वको उल्लासमा थप रङ भरेको छ।
गीतमा शब्द सिर्जना प्रेम बहादुर कुवंर स्वयंले गरेका छन् भने स्वरमा गयिका माधवी घर्ती मगर र कुवंरकै आवाज सुन्न पाइन्छ । गीतको संगीत संयोजन भुवन प्रकाश बडुले गरेका छन्,भने निर्देशक तथा संपादक भिम बिष्ट (अछामी रेखा), छयांकनमा रोजिन बोहरा, अभिनय माधवी घर्ती मगर(बगर) को रहेको छ ।जसले सांगीतिक पक्षलाई थप सशक्त र भावनात्मक बनाएको छ।

उक्त तीज गीतको माध्यमबाट नेपाली मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य राखिएको कुवरले बताए । गीतमा नेपाली चेलीहरूको संस्कृति, परम्परा, धर्म र सामाजिक सद्भावलाई मूर्तरूप दिइएको छ, जसले दर्शकहरूलाई आफ्नै चाडपर्वप्रति गौरव महसुस गराउनेछ।
यस गीतको निर्माणमा विभिन्न व्यक्तिहरूको महत्वपूर्ण योगदान रहेको छ। विशेषतः श्रीकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण जोशी तथा सम्पूर्ण समितिका सदस्यहरूलाई गीतमार्फत आभार व्यक्त गरिएको छ। साथै, धनगढी उपमहानगरपालिका–६ स्थित कफल्लेकी केदार मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गगनसिंह ऐरी र उनका टिमलाई पनि गीतमार्फत विशेष धन्यवाद दिइएको छ।
त्यस्तै, धनगढी उपमहानगरपालिका–५ मा अवस्थित श्री शैलेश्वरी इङ्गलिस बोर्डिङ स्कूल स्टार प्रालिका अध्यक्ष चेतराज अवस्थीको सहयोगप्रति समेत गीत निर्माण पक्षले कृतज्ञता प्रकट गरेका छन्।

गीत युट्युबमा सार्वजनिक भएसंगै कलाकार कुवरले सम्पूर्ण दर्शक, श्रोता र शुभचिन्तकहरूलाई गीत हेरी सुझाव तथा सल्लाह दिन आग्रह गरेका छन्। उनले दर्शकको प्रतिक्रियाले आफूलाई आगामी दिनमा यस्ता गीतहरू निर्माण गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?