२५ भाद्र,२०८२ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । उनको सुरक्षित स्थानमा राखेर उपचार भइरहेको स्रोतले जनाएको छ ।
मंगलबार जेनजी प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित निवासमा प्रवेश गरेर देउवा दम्पतीमाथि आक्रमण गरेका थिए। आक्रमणमा परेका देउवालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । सुरुमा उनलाई छाउनीस्थित सैनिक अस्पतालमा लगिएको सैनिक अधिकारीहरू बताउँछन् । त्यसपछि अन्यत्र सुरक्षित ठाउँमा राखेर उपचार भइरहेको सैनिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?