असोज २६,धनगढी : काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिपको उपाधिका लागि उज्वेकिस्तानसँग खेलिरहेको नेपाल पराजित भएको छ । पराजयसँगै नेपालले ऐतिहासिक स्वर्णपदक जित्ने अवसर गुमाएको छ । पहिलो सेटमा उत्कृष्ट प्रर्दशन गर्दे उज्वेकिस्तानलाई २७-२५ ले पराजित गरेको नेपाल त्यसपछि लगातार ३ सेटमा पराजित भयो । दोश्रो सेट २५-१०,तेश्रो सेट २५-१६ र चौथो सेटको सुरुवातमा राम्रो खेल प्रर्दशन गरेपनि अत्यमा राम्रो खेल्न सकेन । चौथो सेटमा नेपाल २५-२० ले पराजित भयो । पराजित भएसँगै नेपाल उपविजेतामै सिमित भयो ।
श्रीलंकामा जारी पहिलो संस्करणको काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिपमा प्रतियोगीताको दोश्रो स्थानमा रहँदै नेपाल स्वर्णपदका लागि खेलेको थियो भने उज्वेकिस्तान सतप्रतिशत जित सहित फाइनल प्रवेश गरेको हो । उसले समूह चरणका सबै ५ खेलमा जित निकालेको छ ।
समूह चरणको अन्तिम खेलमा शुक्रबार नेपालले तुर्कमेनिस्तानलाई हराएको थियो । नेपालले समूह चरणमा श्रीलंका र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग हार व्यहोरेको थियो । श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको पहिलो काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिप प्रतियोगितामा आयोजक सहित तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र नेपाल सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?