कार्तिक १३,गुलरीया : कञ्चनपुरको कृष्णपुर नगर स्वास्थ्य चौकीमा निशुल्क नाक, कान र घाँटी सम्बन्धी स्वास्थ्य शिविर आयोजना गरिएको छ । कृष्णपुर नगरपालिकाको आयोजना तथा सेती प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा निशुल्क नाक, कान, घाँटी सम्बन्धी सवास्थ्य शिविर आयोजना गरिएको हो ।
सोमबार नगरपालिका परिसरमै रहेको कृष्णपुर स्वास्थ्य चौकीमा आयोजना गरिएको एक दिने शिविरबाट २ सय बढी नागरिकले सेवा लिएको कृष्णपुर नगरपालिकाका स्वास्थ्य संयोजक रतन सिहं बिष्टले बताए । बिष्टले बिहान १० बजेदेखी साझँ ५ बजेसम्म शिविर चलाइएको बताए । घरबाट टाढा उपचारका लागी जान नसक्ने ज्येस्ठ नागरिक, अशक्तहरुलाई लक्षित गरेर शिविर आयोजना गरिएको उनले बताए ।

शिविरमा निशुल्क नाक, कान, घाँटी चेकजाँच, निशुल्क औषधी वितरण तथा आवश्यक परेका नागरिकलाई निशुल्क कान सुन्ने यन्त्र वितरण गरिएको उनले बताए । शिविरबाट २ सय २ जनाले सेवा लिएको उनले बताए । कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले पछिल्लो समय नगरपालिकाले आम नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न खालका स्वास्थ्य शिविर आयोजना गर्दै आएको बताए ।

हामीले जनतासगं मेयर कार्यक्रम मार्फत घर घरमै गएर शुगर, प्रेसर लगायतका नसर्ने रोगको चेकजाचँ गर्ने गरेका छौँ मेयर ओझाले भने “चेकजाचँ पछि औषधी सेवन गर्नु परे औषधी वितरण गर्छौँ, यसका साथै प्रत्येक वडामा हामीले निशुल्क आखाँ शिविर सञ्चालन गरेका थियौँ, त्यो सम्पन्न गरिसकेका छौँ, आखाँ शिविरबाट सयौँ नागरिकले सेवा पाउनुभयो, सोही कार्यक्रम अनूरुप हामीले नाक, कान, घाँटी सम्बन्धीको शिविर आयोजना गरेका हौँ ।”

मेयर ओझाले आगामी दिनमा यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने बताए । हामी स्वास्थ्य उपचार सेवालाई सक्दो फराकिलो बनाउँदै गएका छौँ उनले भने “नागरिकको स्वास्थ्यनै पहिलो सम्पति हो, त्यस कारण सक्दो नगरपालिकाले नागरिकलाई स्वस्थ राख्न चाहान्छ, हामी सगं भएको श्रोत साधनलाई सदुपयोग गर्दै बढी भन्दा बढी सेवा दिने प्रयास गरिरहेका छौँ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?