You are currently viewing केएल राहुलले अर्धशतक हिर्काएपछि दिल्लीले चेन्नईलाई दियो १८४ रनको लक्ष्य /@IPL

केएल राहुलले अर्धशतक हिर्काएपछि दिल्लीले चेन्नईलाई दियो १८४ रनको लक्ष्य /@IPL

चैत्र २३,धनगढी : केएल राहुलको अर्धशतप्रेरित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नाई सुपर किंग्ससामू १८४  रनको लक्ष्य प्रस्तुत गरेको छ ।चेन्नईको एमए चिदम्बरम क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रनको योगफल तयार पार्यो ।

Photo by R Param/ Sportzpics for IPL

दिल्लीका लागि केएलले ५१ बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ७७ रनको योगदान गरे । यसैगरी अभिषेक पोरेलले ३३, ट्रिस्टन स्टब्सले अविजित २४, कप्तान अक्षर पटेलले २१ र समीर रिज्भीले २० रन बनाए । केएलले तेस्रो विकेटका लागि अक्षरसँग ५६ र दोस्रो विकेटका लागि अभिषेकसँग ५३ रनको साझेदारी गरेका थिए ।चेन्नईका लागि खलिल अहमदले दुई तथा मथिशा पाथिराना, रविन्द्र जडेजा र नुर अहमदले समान एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply