मंसिर २४,धनगढी : गोदावरी८, स्याउले बजारमा सुदुरपश्चिम प्रदेश स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याउले बजारमा रहेको शारदा विद्या निकेतन आयोजक रहेको उक्त लिगमा सुदुरपश्चिम प्रदेशभरका कक्षा १० सम्म संचालित १६ विद्यालयहरुले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आयोजक विद्यालय शारदा विद्या निकेतनले टिम दर्ताका लागि आह्वान गरेको छ । प्रतियोगितामा विजेता र उपविजेता टिमलाई नगद, ट्रफी र मेडल लगायतका पुरस्कार प्रदान गरिनेछ।प्रतियोगिता लिग कम नक आउटको फर्म्याटमा संचालन हुनेछ।

विद्यालयहरुमा लुकेर रहेका उमेर समुहका खेलाडीहरुलाई बाहिर ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।प्रतियोगिताको आयोजक शारदा विद्या निकेतन गोदावरी ८, स्याउले बजार रहेको छ। आयोजक शारदा विद्या निकेतनले प्रतियोगिताको तयारी सुरु भएको जनाएकोछ। प्रतियोगिता गोदावरी स्याउलेबजारमा संचालन हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?