१२श्रावण,२०८२ः हाल भइरहेको वर्षासँगै कैलाली जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नदी तथा खोलानालामा पानीको सतह बढ्न सक्ने भएकाले महाशाखाले कैलालीवासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
कैलालीसँगै नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख र जाजरकोटमा पनि मध्यम जोखिमको अवस्था देखिएको छ। ती क्षेत्रमा बहने नदी तथा खोलानाला आसपासका बासिन्दालाई सम्भावित बाढी र भू–स्खलनबाट बच्न सचेत रहन अनुरोध गरिएको छ।
यसैबीच, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा अहिले मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। दिउँसो र रातिको समयमा गण्डकी, सुदूरपश्चिम र बागमतीका पहाडी भेगहरू तथा तराईका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहितको वर्षा हुने सम्भावना पनि रहेको जनाइएको छ। कैलालीका नदी तथा बस्ती नजिकका बासिन्दालाई सुरक्षित स्थानमा बस्न र जोखिममा पर्ने गतिविधिबाट टाढा रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?