You are currently viewing खो खो विश्वकपमा नेपालको महिला र पुरुष टोलीले आजै क्‍वाटरफाइनलमा प्रतिस्पर्धा गर्दै /@KhoKhoWorldCup2081

खो खो विश्वकपमा नेपालको महिला र पुरुष टोलीले आजै क्‍वाटरफाइनलमा प्रतिस्पर्धा गर्दै /@KhoKhoWorldCup2081

माघ ४,धनगढी :भारतको दिल्लीमा जारी पहिलो संस्करणको खो खो विश्‍वकप अन्तर्गत शुक्रबार नेपालका पुरूष र महिला दुवै टोलीले क्‍वाटरफाइनलमा प्रतिस्पर्धा गर्दै छन् ।

लिग चरणमा आफ्नो समूहको विजेता बनेको नेपाली महिला खो खो टिमले क्‍वाटरफाइनलमा नेपालले इरानसँग खेल्ने छ भने पुरूषतर्फको क्‍वाटरफाइनलमा बंगलादेशसँग खेल्ने छ । नेपाल र इरानको महिला टोलीबीचको क्‍वाटरफाइनल खेल अपरान्ह पौने ५ बजे सुरू हुनेछ । विजेताले युगाण्डा र न्युजिल्याण्डबीचको विजेतासँग सेमिफाइनल खेल्ने छन् ।त्यसैगरी नेपाल र बंगलादेशको पुरूष टोलीबीचको क्‍वाटरफाइनल खेल साँझ ६ बजे सुरू हुनेछ । विजेताले इरान र केन्याबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply