You are currently viewing खो खो विश्वकप भारत :नेपाली पुरुष टोली पनि फाइनल प्रवेश,इतिहाँस रच्न एक कदमपछि /@KhoKhoWorldCup2025
Photo : Kho Kho world Cup india 2025

खो खो विश्वकप भारत :नेपाली पुरुष टोली पनि फाइनल प्रवेश,इतिहाँस रच्न एक कदमपछि /@KhoKhoWorldCup2025

माघ ५,धनगढी : भारतको दिल्लीमा जारी नेपाली पुरुष टोली पनि खो खो विश्व कपको फाइनल प्रवेश गरेको छ । नेपालले शनिवार सेमिफाइनलमा इरानलाई ७२-२० ले हराउँदै फाइनलको टिकट पक्का गरेको हो ।

नेपाल समूह उपविजेता बन्दै क्‍वाटरफाइनलमा पुगेको थियो। समूह ‘ए’मा नेपालले भारत बाहेक सबै टोलीलाई हराउँदै ४ खेलबाट ६ अंक जोडेको थियो।

Photo : Kho Kho world Cup india 2025

नेपाल भारतसँगको आफ्नो पहिलो खेलमा ४-(३७ पराजित भएपनि त्यसपछि ब्राजिललाई १३४- ८ र पेरुलाई ८०-३४ लाई र भुटानलाई ९८-८ ले हराएको थियो । पुरुष र महिला टोलीको फाइनलको नतिजा जे जस्तो आएपनि विश्वकप जस्तो ठूलो मञ्चमा पहिलो संस्करणमै विश्वमा खो खो खेलमा बलिया भनिएका देश विरुद्ध उत्कृष्ट खेल प्रर्दशन गर्दै सेमिफाइनलमा पुगेर एउटा इतिहाँस भने रचिसकेको छ । विश्वकप जस्तो ठूलो मञ्मा नेपाली खेलाडीहरुको बहादुरी प्रर्दशनले आगामी दिनमा यो खेलप्रति नेपालमा थप आकर्षण बढ्ने निश्चित छ ।

महिला खो खो टोली पनि उपाधि नजिक

भारतमा जारी पहिलो संस्करणको खो खो विश्वकपमा नेपाली महिला टोली फाइनलमा पुगेको छ। शनिवार युगाण्डालाई ८९-१८ ले हराउँदै नेपाली टोली फाइनल पुगेको हो ।

Photo : Kho Kho World cup 2025

इरानलाई शुक्रवार १०३-८ को फराकिलो अन्तरले हराँउदै नेपाल सेमिफाइनल पुगेको थियो। नेपाली टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको थियो।नेपाली महिला टोली समूह ‘सी’ को विजेताका बनेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४, दोस्रो खेलमा जर्मनीलाई ७३-३४, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगालादेशलाई ८४-२४ ले हराएको थियो ।

Photo : Kho Kho world Cup india 2025

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply