You are currently viewing चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

१३ भदौ, काठमाडौं।

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल ९डीसी० नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले बताए ।फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी समेत रहेका डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रुपमा समेत चर्चित छन् ।

सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट उनले फिल्म अभिनयमा डेब्यु गरेका थिए । उनले पछिल्लोपटक फिल्म ‘फूलफूलको मौसम तिमीलाई’ निर्देशन गरेका थिए ।चलचित्र निर्देशक समेत पूर्वध्यक्ष समेत रहेका डीसी फिल्म वृत्तमा सक्रिय फिल्ममेकर हुन् । उनले वर्षेनी फिल्म अवार्डको समेत आयोजना गर्दै आइरहेका छन् ।निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply