You are currently viewing चारदेशीय टी-२० श्रृङ्खला : आयोजक हङकङसँग भिड्दै नेपाल /@NepaliCricket2025

चारदेशीय टी-२० श्रृङ्खला : आयोजक हङकङसँग भिड्दै नेपाल /@NepaliCricket2025

चैत्र ३०,धनगढी : चारदेशीय टी-२० श्रृङ्खलाको समूह चरणको अन्तिम खेलमा नेपालले आज आयोजक हङकङको सामना गर्दैछ। मिसन रोड ग्राउण्डमा नेपाली समयअनुसार सवा ११ बजे खेल शुरु हुनेछ। अहिलेसम्म अपराजित रहेको नेपाल प्रतियोगिताको फाइनलमा स्थान बनाउने लक्ष्यमा छ। नेपालले पहिलो खेलमा ८ विकेटले कतारलाई हराएको थियो। दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो।

दुई खेलमा ४ अंकका साथ नेपाल तालिकाको शीर्ष स्थानमा छ। हङकङ र कुवेतले २ / २ अंक हात पारेका छन्। जितविहीन कतारको शून्य अंक छ।तालिकाको शीर्ष टोली फाइनलमा पुग्नेछन् भने तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्। दुवै खेल आइतबार नै हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply