फाल्गुन ०८,धनगढी : धनगढी उपमहानगरपालिका वडा न.५ शिवनगरमा रहेको चैतन्य पाठशालाको प्राचार्यमा प्रेमनिधि ओझा नियुक्त भएका छन । बिहिबार विद्यालय व्यवस्थापन समितिले ओझालाई प्राचार्यमा नियुक्त गरेको हो ।
विद्यालयमा लामो समयदेखि कटक बहादुर सिंहले प्राचार्यको जिम्मेवारी सम्हालेका थिए । तीन दशकभन्दा लामो समय धनगढीको प्रतिष्ठित विद्यालय ऐश्वर्य विद्या निकेतनमा शिक्षक,सहायक प्राचार्य हुँदै ४ वर्ष प्राचार्यको जिम्मेवारी सम्हालेका प्रेमनिधि ओझा गत माघ २९ गते ऐश्वर्यबाट सेवा निवृत भएका थिए ।

शिक्षा क्षेत्रमा लामो अनुभव बटुल्नुभएका ओझा सरलाई प्राचार्यको रुपमा पाउँदा अत्यन्तै खुशी लागेको र अब विद्यालयले थप गति लिने चैतन्य पाठशाला धनगढीका अध्यक्ष गणेश प्रसाद जोशीले बताए । शिक्षा र संस्कारको संगम नारा दिइएको चैतन्य पाठशालाले छोटो समयमै धनगढीमा आफूलाई परिचित गराइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?