You are currently viewing जनक शिक्षा सामाग्री केन्द्र सुदूरपश्चिम बिक्री डिपोका प्रमुख कुँवरको सरुवा

जनक शिक्षा सामाग्री केन्द्र सुदूरपश्चिम बिक्री डिपोका प्रमुख कुँवरको सरुवा

माघ २५,धनगढी : जनक शिक्षा सामाग्री केन्द्र सुदूरपश्चिम बिक्री डिपोका कार्यालय प्रमुख राम बहादुर कुँवरको सरुवा भएको छ । सदूरपश्चिम नै घर भएका कुँवरको जनक शिक्षा सामाग्री केन्द्र केन्द्रिय कार्यालय काठमाण्डौंमा सरुवा भएको हो ।

अघिल्लो वर्ष सुदूरपश्चिम बिक्री डिपोमा प्रमुखको जिम्मेवारी पाएर धनगढी आएका कुँवरले भुत बंगला जस्तै रहेको सुदूरपश्चिम बिक्री डिपोलाई छोटो समयमै अत्यन्तै व्यवस्थित बनाएका छन। निकै सकृय देखिएका उनले गोदामको पुननिर्माण,भवनको रंगरोगन,पर्खाल र गेट निर्माण गरेका छन । त्यस्तै गोदाम अभावका कारण सुदूरपश्चिम भरीका व्यवसायीलाई एकै समय सेवा दिन अप्ठयारो परेको भन्दै अर्को व्यवस्थित गोदाम निर्माणको काम पनि सुरुवात गराएका छन । सरुवा भएका कुँवरलाई बिहिबार नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटिले बिदाई गरेको छ । अध्यक्ष श्याम पाठक,सचिव निलम राज जोशी र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय सदस्य योगेन्द्र बहादुर सिंहको उपस्थितिमा कार्यालय प्रमुख कुँवरलाई बिदाइ गरिएको हो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष श्याम पाठकले कार्यालय प्रमुख कुँवर सुदूरपश्चिम बिक्री डिपो धनगढीकामा आएपछि यो संस्थाको रुपरेखा नै फेरिएको भन्दै प्रंशशा गरेका छन । उनले कुँवर काठमाण्डौंमा सरुवा भएपनि सुदूरपश्मिमा समयमै आवश्यक पुस्कत पठाउन आग्रह गरे । बिदाइपछि कार्यालय प्रमुख राम बहादुर कुँवरले आफूलाई आफ्नो ठाउँमा सेवा गर्ने मौका मिलेको भन्दै खुशी व्यक्त गरे ।

उनले आफ्नो कार्यकाल सफल पार्न नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश,जिल्ला कमिटिहरुले र यस क्षेत्रका व्यवसायीहरुले साथ दिएको भन्दै आफ्नो काठमाण्डौं सरुवा भएपनि सुदूरपश्चिमलाई पहिलो प्राथमिकतामा राख्ने बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply