You are currently viewing जनता आवास कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरमा २० घर निर्माण

जनता आवास कार्यक्रम अन्तर्गत कैलाली र कञ्चनपुरमा २० घर निर्माण

२९ श्रावण,२०८२ः सहरी विकास तथा भवन कार्यालय कैलालीले ‘जनता आवास कार्यक्रम अन्तर्गत २० घर निर्माण सम्पन्न गरेको छ। कार्यालयले गत आर्थिक वर्ष २०८१÷८२ मा कैलाली र कञ्चनपुरमा उक्त घर निर्माण सम्पन्न गरेको हो।
प्रदेश सरकारको बजेटमा विपन्न परिवारका कैलालीमा १० र कञ्चनपुरमा १० दुईकोठे घर निर्माण गरिएको कार्यालयका सूचना अधिकारी रोहित अधिकारीले जानकारी दिए। उनका अनुसार कैलालीको जानकी गाउँपालिकाको वडा नं. २, ५, ८ र ९ मा १० घर, कञ्चनपुरको भीमदत्त नगरपालिका–३, ७, १० र ११ मा छ र दोधारा–चाँदनी नगरपालिका–३, ६ तथा ७ मा चार घर निर्माण गरिएको हो।


उनले भने, घर गत आर्थिक वर्षमा वर्ष नै निर्माण सम्पन्न गरि लाभग्राहीलाई हस्तारण गरिसकेका छौँ, लाभग्राहीहरु घरमा बसिसकेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले २० घर निर्माणका लागि गत आर्थिक वर्ष २०८१÷८२ मा रु ७० लाख बजेट विनियोजन गरेको अधिकारीले बताए।
कैलालीमा प्रतिघर निर्माण लागत रु चार लाख ८३ हजार ९९१ र कञ्चनपुरमा प्रतिघर निर्माण लागत रु चार लाख ९६ हजार २३३ रहेको उनले जानकारी दिए। कार्यालयले प्रतिघर निर्माणका लागि रु तीन लाख ५० हजार उपलब्ध गराएको र बाँकी रकम बराबरको लाभग्राहीले श्रमदान गरेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply