३०श्रावण,२०८२ः अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड ट्वान्टी–२० शृंखलाको आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरको सामना गर्दैछ ।
खेल मरारा क्रिकेट ग्राउण्ड २ मा नेपाली समय अनुसार दिउँसो २ बजेर १५मिनेटमा सुरु हुनेछ । नेपाल रोहितकुमार पौडेल तथा नर्दर्न टेरिटोरी जेक वेदराल्डको कप्तानीमा मैदान उत्रिनेछन् । नेपालले पहिलो पटक टप एण्ड ट्वान्टी–२० शृंखलामा सहभागिता जनाउँदै छ । यसैगरी सन् २०२३ को पहिलो संस्करणमा च्याम्पियन बनेको नर्दर्न टेरिटोरीले गत वर्ष सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । नेपाललाई सन्दीप लामिछाने, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी जस्ता खेलाडीको साथ रहनेछ । यता नर्दर्न टोरिटोरी डार्सी शर्ट, जोर्डन सिल्क, केन रिचर्डसन जस्ता खेलाडीका साथ मैदानमा उत्रिनेछ ।
नेपालले ट्वान्टी–२० विश्वकप छनोटको तयारीस्वरूप अगस्ट २४ सम्म हुने प्रतियोगिता खेल्न लागेको हो । प्रतियोगितामा ११ टोलीको सहभागिता छ । यसपछि नेपालले बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबार्ट हुरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्ने तालिका छ । प्रतियोगिता डिएक्सी एरिना, टिआइओ रंगशाला र काजालीको एरिनामा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?