३१श्रावण,२०८२ः अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड ट्वान्टी–२० शृंखलामा बंगलादेश ‘ए’ले नेपालसामु १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ । मरारा क्रिकेट ग्राउण्ड २ मा टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १८६ रनको योगफल तयार पारेको थियो ।

बंगलादेशका लागि जिसन आलमले ४६ बलमा पाँच छक्का र चार चौकाको मद्दतले सर्वाधिक ७३ रनको योगदान गरे । यसैगरी अफिफ हुसेनले अविजित ४८, मोहम्मद नइमले २५ र सइफ हसनले ११ रन बनाए । नेपालका लागि रिजन ढकालले दुई तथा करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान एक विकेट लिए ।
दुवै टोली पहिलो जितको लक्ष्यमा छन् । यसअघि नेपालले स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन तथा बंगलादेशले पाकिस्तान शाहीन्ससँग ७९ को हार बेहारेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?