You are currently viewing टीकापुर नगरपालिकाको सक्रियतामा ३५ वर्षपछि टिकापुर विमानस्थल पुनः सञ्चालनमा आउँदै / @TikapurAirport

टीकापुर नगरपालिकाको सक्रियतामा ३५ वर्षपछि टिकापुर विमानस्थल पुनः सञ्चालनमा आउँदै / @TikapurAirport

मंसिर २८,धनगढीे: २०४६ सालदेखि बन्द भएको टीकापुर विमानस्थल मंसिर ३० गतेदेखि नियमित सञ्चालनमा आउने भएको छ। टीकापुर नगरपालिकाको सक्रियतामा विमानस्थल पुनः सञ्चालनमा आउन लागेको हो यसका लागि नगरपालिकाले तारा एयर र यती एयरलाइन्ससँग सहकार्य र समन्वय गरेको छ।

टीकापुर नगरपालिकाकाका प्रमुख रामलाल डगौरा थारुले विमानस्थलमा उडानका लागि तारा एयरसँग नगरपालिकाले न्यूनतम १५ सिटको सुनिश्चितता सहित सहमति गरेको र यो सुनिश्चितताले आगामी दिनमा व्यवसायिक उडान नियमित गर्न सहज हुने जानकारी दिए।विमानस्थलमा केही समय अगाडि नेपाल एयरलाइन्सले परीक्षण उडान गरिसकेको र तारा एअरले एउटा व्यवसायिक उडान गरिसकेको छ। हाल आइतबार र बिहीबारका लागि उडान तालिका रहेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।यात्रुको माग बढेमा उडान थपिनेछ। हाललाई काठमाडौंसम्मको भाडा नौ हजार र नेपालगञ्जदेखि टीकापुरसम्मको एकतर्फी भाडा चार हजार पाँच सय रहेको छ।

तारा एयरमार्फत टीकापुर-नेपालगञ्ज-टीकापुर उडान हुने र यती एयरलाइन्सको नियमित उडानबाट काठमाडौं आवतजावत गर्ने तालिका मिलाइएको प्रवक्ता बर्तौलाले बताए।यात्रुको सहजताका लागि तारा एयरले नेपालगञ्जबाट १२:३० बजे र टीकापुरबाट नेपालगञ्जका लागि १:२० बजेमा उडान गर्नेछ।यतीको काठमाडौं-नेपालगञ्जको उडान तालिका बिहान १० बजे र नेपालगञ्ज-काठमाण्डौंको उडान तालिका दिँउसो २:५ बजे रहेको छ।तारा एअरले हाल ३ वटा ट्विनअटर वायुयानमार्फत लुक्ला, फाप्लु, रामेछाप, जोमसोम, डोल्पा, सिमिकोट, बाजुरा, जुम्ला लगायतका विमानस्थलहरूमा नियमित तथा चार्टर उडान गर्दै आएको छ।

साभार :सेतोपाटीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply