You are currently viewing त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित

२६भाद्र,२०८२ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार हिजो बेलुकीदेखि नै विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । विमानस्थलको अहिलेको उडान तालिका भन्दा उडान थप्न सक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिने विमानस्थलले जनाएको छ ।
काठमाण्डौ उपत्यकामा निषेधाज्ञा कायमै रहेकाले हवाई यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावतमा सहजीकरण गरिएको छ । नेपाल पर्यटन बोर्डले ‘शटल बस’ को व्यवस्था गरी विदेशी पर्यटकलाई गन्तव्यमा पु¥याइने जनाएको छ । वायुसेवा कम्पनीले पनि आफ्ना यात्रुलाई विभिन्न व्यवस्था गरेर गन्तव्य लगिरहेको विमानस्थलले जनाएको छ ।


‘जेन–जी पुस्ता’ का कारण विषम परिस्थिति उत्पन्न भए पनि यही भदौ २४ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको थियो । विमानस्थल सुरक्षा समितिको बैठकले हिजो दिउँसोपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः थाल्ने निर्णय गरेको थियो । त्यसयता आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भइरहेका छन् ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दैनिक ३ सयभन्दा धेरै उडान हुन्छ । विमानस्थल बिहान ६ देखि राति १ बजेसम्म सञ्चालन हुँदै आएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रियतर्फ ३ नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply