फिाल्गुन ०९,धनगढी : आगामी चैत्रमा कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन हुन गइरहेको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ का लागि सुदूरपश्चिम प्रदेशबाट छनौट हुन सफल एरिष्टो माविका खेलाडीहरुलाई विद्यालयले पदक तथा प्रमाणपत्र हस्तान्तरण गर्नुका साथै विद्यार्थीहरुको हौसला बढाउन आफ्नो लोगो सहितको खेल ट्र्याकसुट पनि प्रदान गरेको छ ।
बिहिबार विद्यालय प्रांगणमा एक कार्यक्रम आयोजना गर्दै १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ का लागि सुदूरपश्चिम प्रदेशबाट छनौट हुन सफल एरिष्टो माविमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयकी प्रबन्ध निर्देशक शान्ती अधिकारी क्षेत्रीले पदक तथा प्रमाणपत्र हस्तान्तरण गर्नुका साथै ट्र्याकसुट प्रदान गरेकी हुन । प्रबन्ध निर्देशक अधिकारीले विद्यालयसँगै प्रदेशको नाम पनि जोडिएकोले पूर्ण अनुशाशित भएर उच्च मनोबलका साथ खेल्न विद्यार्थीहरुलाई आग्रह गरिन । विद्यालयले खेलाडीहरूको हौसला बढाउन आफ्नो लोगो सहितको खेल ट्र्याकसुट प्रदान गरेको छ । त्यस्तै विद्यालयले खेलकुदमा जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्दै आएका विद्यार्थी तथा अन्य विभिन्न विधाका प्रतिभाशाली विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति समेत प्रदान आइरहेको विद्यालय प्रशासनले जनाएको छ ।

उक्त कार्यक्रममा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेता तथा धनगढी उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै घोडाघोडी नगरपालिका सुख्खाडमा फागुन १५ देखि १७ गते सञ्चालन हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि छनौट भएका खेलाडी विद्यार्थीहरूलाई पनि पदक तथा प्रमाणपत्र हस्तान्तरण गर्नुका साथै ट्र्याकसुट वितरण गरिएको छ ।
१० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनौट भएका एरिष्टो माविमा अध्ययनरत विद्यार्थीहरूको नामावली :


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?