You are currently viewing दिपेन्द्र सिंह ऐरीको नाममा फेरि अर्को विश्व कीर्तिमान /@DipendraSinghAiree /@Tiger

दिपेन्द्र सिंह ऐरीको नाममा फेरि अर्को विश्व कीर्तिमान /@DipendraSinghAiree /@Tiger

चैत्र २८,धनगढी नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को नयाँ कीर्तिमान बनाएका छन्। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म कुनैपनि खेलमा डकआउट नहुने खेलाडीको कीर्तिमान बनाएका हुन्। उनले ७६ खेलमा ६६ पारी खेल्दा कुनै पनि पारीमा डकआउट भएका छैनन्। उनले बिहीबार बिहान भएको कुवेतसँगको खेलमा दिपेन्द्रले १२ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ३१ रन बनाएका थिए। उनले आक्रामक पारी खेल्दै खेललाई नेपालको पक्षमा पारेका थिए। उनले हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेल खेलिसक्दा यो कीर्तिमान बनाएका हुन्। डक नहुने खेलाडीको सूचीको दोस्रो स्थानमा वेष्ट इन्डिजका दाँया हाते ब्याटर मार्लोन स्यामुइल रहेका छन् । उनले ६७ खेलमा ६५ पारीमा हालसम्म डकआउट भएका छैनन्। तेस्रो स्थानमा श्रीलंकाका लोकुगे दिनेश चान्दिमालले ६१ पारीमा डक आउट नभई तेस्रो स्थानमा रहेका छन्।

सिंह टी २० मा हालसम्म एक इनिङ्समा उच्च स्ट्राइक रेटमा खेल्ने खेलाडीको लिष्टमा पनि शीर्ष स्थानमा रहेका छन्। उनले १९ औं एसियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका थिए। उनको त्यो रेकर्ड कसैले तोड्न सक्दैन। त्यो रेकर्ड बराबरी मात्रै हुन सक्छ । उनले भारतीय स्टार ब्याटर युवराज सिंहको १२ बलमा अर्धशतक प्रहार गर्ने कीर्तिमान तोडेका थिए।

सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडीको सूचीमा दिपेन्द्र शीर्ष स्थानमा छन् भने युवराज सिंह दोस्रो स्थानमा रहेका छन्। उनले ६ बलमा ६ छक्का प्रहार गर्ने एक खेलाडीमा उनी पनि एक हुन्। ट्राइगर’ को उपनाम पाएका दिपेन्द्र निकै फुर्तिला खेलाडीका रुपमा चिनिन्छन । उनले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ७६ वटा खेल खेल्दा ४९ विकेट लिएका छन्। जसमा ६ विकेट कट एण्ड बोल्ड मार्फत लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply