You are currently viewing धनगढीका आगलागी पीडितलाई व्यवसायी ठाकुरद्वारा नगद सहयोग /@SubhaThakur

धनगढीका आगलागी पीडितलाई व्यवसायी ठाकुरद्वारा नगद सहयोग /@SubhaThakur

११ श्रावण,२०८२ : धनगढी उपमहानगरपालिका वडा न.४ उत्तरबेहडीमा रहेको एक व्यवसायिक कम्प्लेक्समा साउन ३ गते राति भएको भीषण आगलागीबाट ठूलो क्षती भएका आगलागी पिडितलाई धनगढीका युवा व्यवसायी शुभ ठाकुरले नगद सहयोग गरेका छन्। ठाकुरले घटनास्थलमै पुगेर पिडितलाई सहयोग गरेका हुन । सहयोगपछि ठाकुरले भने “दुःख परेको बेला हामी व्यवसायीहरूले एक अर्कालाई हामी छौं भनेर हौसला तथा सहारा दिनुपर्छ त्यसैले मैले मेरो तर्फबाट सहयोग गरेको हुँ।” स्थानीय उद्योगी तथा व्यवसायीहरूले ठाकुरको यो मानवीय पहललाई उच्च प्रशंसा गरेका छन्।युवा व्यवसायी ठाकुर लामो समयदेखि सामाजिक क्षेत्रमा सकृय रहेर काम गरिरहेका छन ।

गत साउन ३ गते राति भएको भीषण आगलागीमा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित परिवर्तन इम्पेक्समा विद्युत् ‘सर्ट’का कारण आगलागी भएको आशंका गरिएको छ। राति करिब ११ बजे सुरु भएको आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो। आगलागीमा स्थानीय व्यापारी विश्वप्रकाश कँडेलले सञ्चालन गर्दै आएको हेलेन ट्रेड सप्लायर्स, परिवर्तन इम्पेक्स, र सेन्टर पोइन्ट रेष्टुरेन्टसहित आठ वटा सटरमा क्षति पुगेको थियो। हेलेन ट्रेड सप्लायर्समा रहेका लुगा–कपडासहितका सामान पूर्णरूपमा जलेका छन् भने अन्य पसलमा आंशिक क्षति भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply