You are currently viewing धनगढीका सरकारी कार्यालयहरूको मुख्यमन्त्रीद्वारा निरीक्षण

धनगढीका सरकारी कार्यालयहरूको मुख्यमन्त्रीद्वारा निरीक्षण

३१भाद्र,धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेन्जी समूहले गत भदौ २४ गते गरेको तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका संरचनाहरूको अनुगमन गरेका छन् ।
मुख्यमन्त्री शाहले आज धनगढीस्थित विभिन्न सरकारी कार्यालयहरूमा पुगेर क्षतिको अवस्था अवलोकन गरेका हुन् । अनुगमनका क्रममा उनले जिल्ला प्रशासन कार्यलय कैलाली, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, वन तथा पर्यटन मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश सभा, जिल्ला अदालत कैलाली, यातायात कार्यालय, भन्सार कार्यालय, डिभिजन वन कार्यालय धनगढी लगायतका कार्यालयहरूको निरीक्षण गरेका हुन।


अनुगमनपछि मुख्यमन्त्री शाहले प्रदेश सरकार सार्वजनिक सम्पत्ति र संवैधानिक अंगहरूमा भएको क्षतिप्रति गम्भीर रहेको बताएका छन्। जेन्जी समूहको आन्दोलनका क्रममा सरकारी कार्यालयहरूमा भएको आगजनी र तोडफोडका कारण करोडौँ रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ।


प्रदेश सभा भने करिब ९० प्रतिशत जति क्षति भएकाले प्रदेश सभा सञ्चालनको लागि लामो समय लाग्ने सभामुख भीमबहादुर भण्डारीले बताए। आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह लगायतको सिङ्गो मन्त्रालयको टोलीले क्षतिग्रस्त संरचनाहरूको अनुगमन गरेका हुन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply