You are currently viewing धनगढीको इमरल्ड एकेडेमीका विद्यार्थीद्वारा बेहडाबाबा मन्दिर परिसरमा सरसफाई /@EmeraldAcademy /@BehadababaMandir

धनगढीको इमरल्ड एकेडेमीका विद्यार्थीद्वारा बेहडाबाबा मन्दिर परिसरमा सरसफाई /@EmeraldAcademy /@BehadababaMandir

जेठ २८,धनगढी : धनगढी उपमहानगरपालिका वडा न.३ विशालनगरमा रहेको ईमरल्ड एकेडेमीका विद्यार्थीहरुले सुदूरपश्चिम प्रदेशकै प्रमुख धार्मीक स्थल बेहडा बाबा मन्दिर परिसरमा सरसफाई गरेका छन ।

अघिल्लो साता गंगा दशहराको मेला भर्न नेपाल र भारतका गरी हजारौं भक्तजन बेहडा बाबा मन्दिर पुगेपछि सो क्षेत्रमा खाली पानीका बोतल,खानेकुराका खोल आदिले गर्दा फोहोर भएको थियो । फोहोर भएको मन्दिर वरपरको चौर क्षेत्रमा बुधबार विद्यार्थीहरुले सरसफाई गरेका हुन । सरसफाइमा ईमरल्ड एकेडेमीमा कक्षा ८ देखि कक्षा १० सम्मका विद्यार्थी र केहि शिक्षकहरुको पनि सहभागिता रहेको विद्यालयकी संयोजक सिता रावतले जानकारी दिइन ।

रावतले सरसफाई कार्यक्रममा विद्यार्थीहरु उत्साहपूर्ण तवरले सहभागी हुँदा आफूलाई खुशी लागको बताइन ।उनले पछिल्लो समय यस्तै कार्यक्रमहरुमा सहभागी गराउँदा विद्यार्थीको चेतनाको स्तर पनि बढ्दै गैरहेको बताइन । त्यस्तै विद्यालयका प्रअ शशीभूषण पाठकले यस क्षेत्रकै प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा मेला भर्न जानेहरुको घुइँचो हुने तर मेला पश्चात् मन्दिर परिसरको सरसफाइ गर्ने सम्पूर्ण जिम्मेवारी मन्दिर व्यवस्थापनको मात्रै हुने जस्तो महसुस गरेर सरसफाई आयोजना गरेको बताए । उनले बेहडाबाबा मन्दिर हाम्रो साझा सम्पत्ति भएकोले यसको जगेर्ना,उत्थान र प्रवर्द्धन गर्नु हाम्रो सामाजिक दायित्व र नैतिक जिम्मेवारी समेत रहेको हुँदा हाम्रा विद्यार्थी भाईबहिनिहरुलाई हाम्रा धार्मीक तथा पुरातात्विक सम्पदाको संरक्षण गर्नपर्छ भन्ने बोध गराउन बेहडा बाबा मन्दिर परिसरमा बृहत् सरसफाई कार्यक्रम आयोजना गरेको बताए ।

पछिल्लो समय सो क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रसंग जोडिएर हेर्न थालिएको छ । धनगढी उपमहानगरपालिकाले मन्दिरको गुरुयोजना बनाएर थप संरचना निर्माण थालेको छ । भक्तजनहरुको लागि धर्मशाला, सडक विस्तार, खानेपानी व्यवस्थापन पनि गरिएको छ । बेहडा बाबा मन्दिर कैलाली सदरमुकाम धनगढी बजारस्थित क्याम्पस चोकबाट करिब १० किलोमिटर पूर्व र पूर्व–पश्चिम महेन्द्र राजमार्गको चौमाला बजारबाट करिब ६ किलोमिटर दक्षिणमा पर्दछ ।

२०५८ सालमा स्थापना भएको ईमरल्ड एकेडेमी धनगढी क्षेत्रको स्थापित विद्यालय हो । पछिल्लो समय सुविधा सम्पन्न नयाँ भवन नर्माण,पर्याप्त खेलमैदान र गुणस्तरीय शैक्षिक गतिविधिले गर्दा विद्यालयमा अभिभावकको आकर्षण बढ्दो छ । हाल विद्यालयमा ४२० जना विद्यार्थी अध्ययनरत छन भने ३० जना कर्मचारी कार्यरत छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply