You are currently viewing धनगढीको एरिष्टो माविले जिल्ला प्रशासन कार्यालय कैलालीलाई कम्युटर लगायतका अत्यावश्यक सामाग्री सहयोग गर्ने

धनगढीको एरिष्टो माविले जिल्ला प्रशासन कार्यालय कैलालीलाई कम्युटर लगायतका अत्यावश्यक सामाग्री सहयोग गर्ने

२६ भाद्र,धनगढी : धनगढी उपमहानगरपालिका वडा न ८ क्याम्पस रोडमा रहेको एरिष्टो माध्यमिक विद्यालयले जिल्ला प्रशासन कार्यालय कैलालीलाई कम्युटर लगायतका अत्यावश्यक सामाग्री सहयोग गर्ने बताएको छ । यहि भाद्र २४ गते जेएनजीको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय कैलालीका कम्युटर,फर्नीचर,कागजात लगायतका सम्पूर्ण सामाग्री जलेर नष्ट भएका थिए ।

आम नागरिकको प्रत्यक्ष सेवासँग जोडिएको जिल्ला प्रशासन कार्यालय कैलालीले सेवा सञ्चालनका लागि तयारी गर्न थालेपनि आवश्यक सामाग्री नहँदा शून्यमा झरेका बेला एरिष्टो माविले राष्ट्र सेवाका निम्ति भन्दै एक थान कम्प्युटर एक थान प्रिन्टर र एक जोडी फर्निचर उपलब्ध गराउने घोषणा सामाजिक सञ्जाल मार्फत गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको अपलि सामाजिक सञ्जालमा शेयर गर्दै एरिष्टो माविले लेखेको छ संकटको घडीमा सबै ले मिलेर देश लाइ पुनः सकुशल उद्धार गर्न जरुरी छ तसर्थ यस विद्यालयको तर्फ बाट राष्ट्र सेवा का निम्ति एक थान कम्प्युटर एक थान प्रिन्टर र एक जोडी फर्निचर उपलब्ध गराउने घोषणा गर्दछौं।

आजै मात्रै जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा जारी अपिलमा कार्यालयमा जेएनजीको आन्दोलनका क्रममा भएको आग्जनीले कार्यालयका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको र दैनिक सेवा प्रवाहमा समस्या हुने भन्दै आवश्यक सहयोग तथा समन्वय गरिदिनका लागि आह्वान गरिएको छ । धनगढीमा रहेको जिल्ला प्रशासन कार्यालय कैलाली सुदूरपश्चिमको सबैभन्दा बढी चाप हुने प्रशासनिक कार्यालय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply