धनगढीको मुटु हसनपुरमा रहेको लोटस क्याफे ७औं वर्षमा प्रवेश गरेको छ । २०७६ सालमा सञ्चालनमा आएको यो क्याफे छोटो समयमै लोकप्रिय बनेको छ ।

खेम नाथ योगी र टंक कठायतले अर्काको होटेलमा वेटरको काम गर्दागर्दै १३ लाख लगानीबाट सुरुवात गरिएको यो क्याफेमा अहिले १ करोड भन्दा लगानी भैसकेको सञ्चालक खेम नाथ योगी बताउँछन । हाल क्याफेमा १४ जनाले प्रत्यक्ष रोजगारी गरिरहेका छन ।

सफा सुघ्घर वातावरण,स्वादिष्ट खानाका परिकारको लागि परिचित लोटसले आइतबार लाइभ म्यूजिक सहित आफ्ना ग्राहकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?