You are currently viewing धनगढी आइपुगे कलाकार पल शाह र निती,समर्थकबाट यसरी घेरिए ( भिडियोसहित ) @PaulShah @NitiShah

धनगढी आइपुगे कलाकार पल शाह र निती,समर्थकबाट यसरी घेरिए ( भिडियोसहित ) @PaulShah @NitiShah

२७ श्रावण,२०८२: कलाकार पल शाह धनगढी आइपुगेका छन । उनी अभिनित चलचित्र मोहरको प्रचारप्रप्रसारका लागि शाह धनगढी आइपुगेका हुन । शाहसँगै चलचित्रकी नायिका निती शाह पनि धनगढी आएकी हुन ।

मंगलबार धनगढीको एसटीएस सिनेमा हलमा पलशाहलाई भेट्न लामो समयदेखि उनका समर्थक पर्खिएका थिए । जब एसटीएस सिनेमाको गेटभित्र शाह प्रवेश गरे त्यसपछि समर्थकहरुले फोटो तथा सेल्फी खिच्न तछाडमछाड गरेका छन । केहिबेर समर्थकसँग सेल्फी खिचेपछि उनलाई र नितीलाई पल शाह फ्यान क्लबका सदस्यहरुले दुबोको माला लगाइदिए भने केक काटेर स्वागत गरेका थिए । त्यसपछि एसटीएस सिनेमा हलका सञ्चालक राजकुमार श्रेष्ठले कलाकार पल शाह र निती शाह तथा चलचित्र निर्देशक ओम प्रतिकलाई माला लगाएर स्वागत गरेका थिए । पल धनगढीमा थुप्रैपटक आइसकेका छन भने निती पहिलोपटक एसटीएस सिनेमा हलमा आएकी हुन ।

कलाकार पल र नितीले केहिबेर सिनेमा हलमा रहेका दर्शकहरुसँग पनि फोटो खिचेका थिए भने केहि संवाद पनि गरे । त्यसपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै चलचित्र मोहरका नायक शाहले आफूले असाध्यै मिहिनेत गरेको र धैरै अपेक्षा गरेको चलचित्र भएकाले यसको प्रतिफल राम्रै आउने बताएका छन । चलचित्र देउकी प्रथाको बारेमा तयार पारिएको चलचित्रका निर्देशक ओम प्रतिकले बताए । उनले राम्रो कथानकको उठान गरिएको भन्दै चलचित्रले सोचेभन्दा राम्रो व्यापार गर्ने बताएका छन । चलचित्र रिलिज भएको पाँच दिनमै दुई करोभन्दा बढी कलेक्सन भैसकेको निर्देशक प्रतिकले बताए । धनगढीका दर्शकहरु अत्यन्तै मायालु हुने गरेको भन्दै नायक पल शाहले आफ्नो कठिन समयमा पनि धनगढीबासीले सहयोग गरेको बताए ।

उनले सुदूरपश्चिमका नयाँ साथीहरु कलाकारिता क्षेत्रमा आफूसँग जोडिन आए वा सहयोग माग्न आए दिल खोलेर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन । त्यस्तै नायिका निती शाहले चलचित्रमा आफूले विशेष भूमिका पाएको भन्दै मोहर चलचित्र आफ्नो कलाकारिता क्षेत्रको टर्निङ पोइण्ट बन्न सक्ने बताएकी छन ।

भिडियो यहाँ हेरौं

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply