जेठ १८,धनगढी : धनगढी उपमहानगरपालिका वडा न.७ मा रहेको पटेला युवा क्लब खेल मैदान सरसफाइ गरिएको छ । धनगढी उपमनपालिकाको आयोजना र कैलाली जिल्ला फुटबल संघको समन्वय तथा सहकार्यमा सञ्चालित ग्रासरुट फुटबल कार्यक्रम अन्तर्गत शनिबार कैलाली जिल्ला फूटबल संघका पदाधिकारी,पटेला युवा क्लबका पदाधिकारी पटेला युवा क्लबको खेल मैदानमा नियमित प्रशिक्षण गरिरेको खेलाडीहरुले सामूहिक रुपमा मैदानको सरसफाइ गरेको कैलाली जिल्ला फुटबल संघका महासचिव ललित मिश्रले जानकारी दिए ।

महासचिव मिश्रले खेलाडीहरुलाई अभ्यास सँगसँगै स्वस्थ रहन र सरसफाइ सम्बन्धी जनचेतना जगाउन पनि सरसफाइ कार्यक्रम आयोजना गरिएको बताए । सरसफाइ कार्यक्रममा कैलाली जिल्ला फुटबल संघक अध्यक्ष अनिल मल्ल र अन्य पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।

कैलाली जिल्ला फुटबल संघले अघिल्लो वर्षबाट धनगढी उपमहानगरपालिकासँग समन्वय तथा सहकार्य गरेर ग्रासरुट फुटबल कार्यक्रम सञ्चालनमा ल्याएको छ । अहिले ग्रासरुट फुटबल कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिका विभिन्न खेल मैदानमा दिनहुँ हजारौं युवा प्रशिक्षण गरिरेका छन ।

त्यस्तै कैलाली जिल्ला फुटबल संघले जिल्लाभरमा पनि फुटबलजन्य गतिविधि बढाएको छ । पछिल्लो समय कैलालीका लम्की,सुख्खड,मसुरीया,अत्तरीया,धनगढी रंगशाला जुगेडा,पटेला,फुलबारी लगायतका स्थानमा हजारौंको संख्यामा युवाहरु नियमित फुटबल प्रशिक्षण लिइरहेका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?