३ असार,२०८२ : हालै मलेसियामा सम्पन्न एसीसी मेन्स यू–१६ ईस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाललाई उपाधि जिताएर फर्किएका सचिन भट्ट र शुशिल रावललाई धनगढी क्रिकेट एकेडेमीले सम्मान गरेको छ । नेपालले फाइनलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको थियो ।

शनिबार धनगढी क्रिकेट एकेडेमीको प्रांगणमा सयौं युवा खेलाडीहरुका माझ केक काटेर खुशीयाली साँट्दै सम्मान पत्र सहित उनीहरुलाई धनगढी क्रिकेट एकेडेमीका म्यानेजर संदिप भट्टले सम्मान गरेका हुन । एकेडेमीका म्यानेजर संदिप भट्टले युवा खेलाडीलाई प्रोत्साहन होस भनेर सम्मान गरिएको जानकारी दिए ।

सम्मान कार्यक्रममा खेलाडीहरु नारायण जोशी,विपिन रावल,अभिशेक पाल लगायतको उपस्थिति रहेको थियो । केहिदिन अगाडी मात्रै एसपीए कलेजले क्रिकेटर द्वयलाई जनही २५–२५ हजार रुपैयाँ नगद पुरस्कारका साथै मास्टर्स तहसम्मको अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान घोषणा गरेको थियो ।

सचिन भट्ट लामो समयदेखि धनगढी क्रिकेट एकेडेमी मै प्रशिक्षण गर्दै आएका छन भने शुशिल रावल शुक्लाफाँटामा प्रशिक्षण गर्दै आएका छन ।
तस्वीर सौजन्य : DCA
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?