You are currently viewing नगढीमा सुविधा सम्पन्न केयर टेकर अस्पताल सञ्चालनमा,न्यून शुल्कमा गुणस्तरीय सेवा दिने प्रतिवद्धता

नगढीमा सुविधा सम्पन्न केयर टेकर अस्पताल सञ्चालनमा,न्यून शुल्कमा गुणस्तरीय सेवा दिने प्रतिवद्धता

कैलालीको धनगढीस्थित सहिदगेटमा केयरटेकर अस्पताल प्रालिको औपचारिक शुभारम्भ गरिएको छ अस्पताल व्यवस्थापन समितिले मंगलबार पत्रकार सम्मलेलन गर्दै अस्पताल सञ्चालनमा आएको बारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका अध्यक्ष गोपालबहादुर शाहीले न्युन खर्चमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित केयरटेकर अस्पताल स्थापना गरिएको बताए ।उनले आर्थिक अभावका कारण उपचारबाट वञ्चित भइरहेका नागरिकलाई लक्षित गरी सरकारी अस्पतालसरहको उपचार खर्चमा निजी अस्पतालस्तरको सेवा उपलब्ध गराउने लक्ष्य रहेको स्पष्ट गरे ।

अध्यक्ष शाहीका अनुसार केयरटेकर अस्पतालमा हाल १०० शैयाको सुविधा सम्पन्न बेड क्षमता रहेको छ । साथै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक मोडुलर अपरेशन थिएटर सञ्चालनमा ल्याइएको छ । जसमा सुरक्षित शल्यक्रियाका लागि आधुनिक संक्रमण नियन्त्रण प्रणाली जडान गरिएको उनले बताए ।

अस्पतालले २४ सैं घण्टा आपतकालीन सेवा उपलब्ध गराउनुका साथै जनरल मेडिसिन विशेषज्ञ सेवा,ओपिजी डेण्टल एक्सरे सेवा,जेडएस आर प्रविधिद्वारा शल्यक्रिया गरिने लगायतका सेवा पनि सञ्चालनमा ल्याएको शाहीले बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको टिम परिचालन गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको पनि जनाएको छ ।

साथै अस्पतालमा आउने बिरामीको रोग पहिचान, उपचार, औषधि तथा नियमित चेकजाँचलाई सहुलियतपूर्ण बनाउँदै बिरामी, चिकित्सक र अस्पतालबीचको सम्बन्ध सुदृढ बनाइने अध्यक्ष शाहीले बताए ।

भविष्यमा यही अस्पतालमार्फत अन्य अहेव,एचए तथा नर्सिङ कलेज सञ्चालन गर्ने लक्ष्य रहेको छ । एक विगाह क्षेत्रफलमा फैलीएको अस्पताल सञ्चालनका लागि हालसम्म ३० करोड लगानी गरिएको र निकट भविष्यमा एक अर्ब लागानी पुग्ने अध्यक्ष शाहीले बताए ।
हाल अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा गोपाल शाही,उपाध्यक्षमा करन वर्नवाल,सदस्यहरुमा चेतन शाही,प्रेम बहादुर बोगटी र विनोद भण्डारी रहेका छन भने सुरेश उपाध्यायलाई म्यानेजरमा नियुक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply