कार्तिक १३,धनगढी : नरेश मेमोरियल राष्ट्रिय यु १९ क्रिकेट प्रतियेगिताको पहिलो खेलमै डिफेण्डिङ च्याम्पियन सुदूरपश्चिम प्रदेशको टोली पराजित भएको छ । विराटनगरमा जारी सो प्रतियोगीतामा सोमबार सुदूरपश्चिम प्रदेश लुम्बिनी प्रदेशसँग ४१ रनले पराजित भएको हो । सुदूरपश्चिम प्रदेशलाई पराजित गरेसँगै प्रतियोगीतामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित हासिल गरेको छ । पहिलो खेलमा लुम्बिनीले कोशी प्रदेशलाई पराजित गरेको थियो ।
टस जितेर पहिला फिल्डिङका लागि उत्रेको सुदूरपश्चिमले बलिङबाट उत्कृष्ट सुरुवात गर्यो उस्ले लुम्बिनीलाई ३८.५ ओभरमा अल आउट गर्दे १ सय ५६ रनै रोक्न सफल भयो । लुम्बिनीका दार्स सुनुवारले सर्वाधिक ३८, निर्मल गुरुङले नट आउट २७ तथा नर सार्कीले २५ रन जोडे भने अन्य ब्याट्सम्यानले उल्लेखनिय योगदान गर्न सकेनन । सुदूरपश्पिश्मिका लागि कप्तान हेमन्त धामी, युवराज खत्री र अशोक धामीले समान ३ / ३ विकेट लिए । १५७ रनको झिनो लक्ष्य प्राप्त गर्दा एक समय लागेको थियो सुदूरपश्चिम प्रदेशले सजिलै यो खेल जित्नेछ ,किनकी टिममा अनुभवी र प्रतिभावान खेलाडीको बाहुल्यता थियो ।

हेमन्त धामी,नरेन भट्ट,नरेन साउँद र अशोक धामी जस्ता अनुभवी खेलाडी थिए तर १ सय ५७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३५.४ ओभरमा अल आउट हुँदै १ सय १५ रन मात्र जोड्न सक्यो । सुदूरपश्चिमका युवराज खत्रीले नट आउट रहँदै सर्वाधिक २२, कैलाश ऐरले २१, प्रकाश पाण्डे र नरेन भट्टले समान १३ तथा अभिषेक थापाले १० रन जोडे । दिपेश बोहरा २६ बलमा ३ रन,आशिष लुहार १३ बलमा ५ रन,नरेन साउँद ५ बलमा २ रन,दिपक रोकाया ५ बलमा ० रन,कप्तान हेमन्त धामी र अशोक धामी समान १ / १ रन मात्र जोड्न सके । सुदूरपश्चिमको इनिङमा २४ रन अतिरिक्त प्राप्त भएको थियो । लुम्बिनीका लागि रमेश कुर्मीले १० ओभरमा २५ रन खर्चिएर ५ विकेट लिए । सन्तोष यादवले ४ तथा आकाश त्रिपाटीले १ विकेट लिए । सुूरपश्चिम प्रदेशले दोश्रो खेल मंगलबार ( आज ) कर्णाली प्रदेश विरुद्ध खेल्नेछ । २ खेलमा दुइटैमा पराजित कर्णाली प्रतियोगीतामा रहिरहन आज जित्नैपर्ने दवाबमा रहनेछ ।
कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ ओटै प्रदेशको सहभागिता छ । प्रतियोगीतामा लुम्बिनी ४ अंकका साथ शीर्ष स्थानमा छ । पहिलो खेल हारेको सुदूरपश्चिम अंक विहीन छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?