धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्थाको अध्यक्षमा गोपालराज पाठक विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार पाठकले निकटतम प्रतिद्वन्द्वी केशव मिश्रलाई ३ सय १५ मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा विजय हाँसिल गरेका हुन् ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा विजयी भएका पाठकले ४ हजार ७ सय ८४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी केशव मिश्रले ४ हजार ४ सय ६९ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार घनबहादुर शाहले ३ हजार ६ सय ४४ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्ष पदमा पनि पाठक प्यानलकै उम्मेदवार उत्तम जोशी विजयी भएका छन् । उनले ४३०३ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्धन्द्धि ईश्वर जोशीले ३९०४ मत प्रात गरे ।

त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा पनि गोपाल राज पाठक प्यानलकै गणेश प्रसाद जोशी ५१७२ मत ल्याएर निर्वाचित भएका छन भने उनका निकटम प्रतिद्धन्द्धि चेतराज जोशीले ५०३३ मत प्राप्त गरे ।
लेखा सुपरिवेक्षण समितिमा पनि गोपाल राज पाठक प्यानलकै खेमराज पाठक र गणेश प्रसाद उपाध्याय विजयी भएका छन । उनीहरुले क्रमश ६०४३ र ४५५९ मत प्राप्त गरे । निकटम प्रतिद्धन्द्धि केशव राज मिश्र प्यानलका टेक राज जोशी र दिलिप रोका क्षेत्रीले क्रमश ४३०२ र १७४४ मत प्राप्त गरे ।

सञ्चालक समिति सदस्यहरुमा पनि गोपाल राज पाठक प्यानल नै हाबी भएको देखिन्छ । कोपिला कुँवर ४११२ मत,गणेश बम ३४२६ मत,जयराज जोशी ३२८० मत र लक्ष्मीराज पन्त ३२७६ मत ल्याएर विजयी भएका छन । स्वतन्त्र निर्वाचन लडेका केशव राज जोशीले ५१४३ मत ल्याउँदै सदस्यहरुमा सर्वाधिक मत प्राप्त गरे भने स्वतन्त्र निर्वाचन नै लडेका खेम राज पाण्डेय ३१३२ मत प्राप्त गरी विजयी बने । र घनबहादुर शाह प्यानलका दिर्घ बहादुर शाहले ३११८ मत ल्याएर सञ्चालक समिति सदस्यमा निर्वाचित भएका हुन ।
४ वर्षिय कार्यकालका लागि अध्यक्षमा विजयी भएपछि प्रतिक्रिया दिँदै योपाल राज पाठकले सहकारीको विश्वास जोगाउँदै संस्थालाई अझ पारदर्शी, उत्तरदायी र सदस्यमैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले सहकारीको आर्थिक सुदृढीकरण, सेवा विस्तार र सदस्यहरूको हितलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?