You are currently viewing निर्मला पन्त हत्या प्रकरणमा सूक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

निर्मला पन्त हत्या प्रकरणमा सूक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

  • Post category:समाचार
  • Post comments:0 Comments

भाद्र २०,धनगढी

गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन् । बिहीबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलमा उनले पन्त हत्या प्रकरणलाई गम्भीरतापूर्वक लिएको बताएका हुन् ।‘यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु यो घटनाको सूक्ष्म ढंगले अनुसन्धान हुन्छ’, गृहमन्त्री लेखकले भने ।

कञ्चनपुरको भीमदत्त नगरपालिका(२ की निर्मला पन्त ०७५ साउन ११ मा घर नजिकैको उखुबारीमा मृत फेला परेकी थिइन् । गृहकार्य गर्छु भन्दै नजिकै रहेको साथीको घरमा गएका बेला बेपत्ता भएकी कञ्चनपुरको भीमदत्त नगरपालिका(२ की निर्मला ११ साउनको बिहान मृत अवस्थामा भेटिएकी थिइन् ।
लामो समय बितिसक्दासमेत दोषी पत्ता लाग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply