You are currently viewing नेदरल्याण्ड्सले दिएको २ सय २६ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेश्रो विकेट गुमायो

नेदरल्याण्ड्सले दिएको २ सय २६ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेश्रो विकेट गुमायो

जेठ २१,धनगढी: आइसिसी विश्वकप लिग–२ को एकदिवसीय सिरिजमा नेदरल्याण्ड्सले दिएको २ सय २६ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले तेश्रो विकेट गुमाएको छ । नेपालले तेश्रो विकेटको रूपमा भिम सार्कीलाई गुमाएको हो । सार्कीले ११ रन बनाए । पहिलो विकेटको रुपमा नेपालले आशिफ शेफलाई गुमायो । शेखले १९ रन बनाए भने २५ रन बनाएर कुशल भुर्तेल आउट भए । उनलाई १३।४ ओभरमा पार्टटाइम बलर माइकल लेभिटले बोल्ड गरे । कुशलले आजको खेलमा ४२ बलमा तीन चौकाको सहयोगमा २५ रन जोडे ।

उनले स्कटल्याण्डविरुद्ध अर्धशतकीय पारी खेलेका थिए । यस्तै, नेदरल्याण्ड्सविरुद्ध आसिफ शेखले २२ बलमा तीन चौकासहित १९ रन जोडे । आज उनी र कुशलबीच पहिलो विकेटका लागि ३२ रनको साझेदारी बन्यो ।पहिलो खेलमा उनीहरूबीच ७२ रनको साझेदारी गरेका थिए । यो समाचार तयार पार्दासम्म नेपालले १७.२ ओभरमा ३ विकेट गुमाएर ७० रन बनाएको छ । अब नेपाललाई जितका लागि ३२.४ ओभरमा १५६ रन आवश्यक छ । क्रिजमा कप्तान पोडेल र आरिफ शेख छन ।

त्यसअघि स्कटल्याण्डको फोर्थहिल मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भयो ।उसका लागि नोहा क्रसले ४८, कप्तान स्कट एडवाड्सले ४६, विक्रमजित सिंहले ३८, ज्याक लायन–क्याचेटले २७, रोएलफ भ्यान डेर मेर्वेले २१ र तेजा निदामानरुले १३ रन जोडे ।नेपालका लागि बलिङमा सोमपाल कामीले तीन तथा सन्दीप लामिछाने, ललितनारायण राजवंशी र करण केसीले दुईरदुई विकेट लिए । नेपालले एक विकेट रन आउटको रूपमा प्राप्त गर्‍यो ।

जारी सिरिजमा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले घरेलु टिम स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply