You are currently viewing नेदरल्याण्ड्स विरुद्ध नेपालले टस जित्यो,टोलीमा ३ परिवर्तन /@NEPvsNED

नेदरल्याण्ड्स विरुद्ध नेपालले टस जित्यो,टोलीमा ३ परिवर्तन /@NEPvsNED

जेठ २८,धनगढी : आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालविरुद्ध नेदरल्याण्ड्सले टस जितेको छ । स्कटल्याण्डको डन्डीमा टस जितेर नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डसले बलिङ रोजेका हुन् । सिरिजमा नेपालको यो चौथो तथा अन्तिम खेल हो। पहिलो खेलमा स्कटल्याण्ड विरुद्ध एक विकेटको सनसनीपूर्ण जीत निकालेको नेपालले दोश्रो खेलमा पनि नेदरल्याण्ड्स विरुद्ध पनि ५ विकेटको शानदार जीत निकालेको थियो तर तेश्रो खेलमा भने अत्यन्तै राम्रो खेल प्रर्दशन गर्दागर्दैपनि अन्तिम ओभरमा सम्हालिन नसक्दा नेपाल स्कटल्याण्डसँग मात्र २ रनले पराजित हुन पुग्यो । त्यो खेलमा हार व्यहोरे पनि ३ सय २१ रन बनाउनु नेपालले ओडिआईमा बनाएको अहिले सम्म कै उच्च स्कोर थियो।

आईतबार घरेलु टोली स्कटल्याण्डसँग खेलेको नेपाली टोलीमा ३ परिवर्तन भएको छ । आसिफ शेख, गुल्शन झा र सोमपाल कामीको स्थानमा नन्दन यादव, बसिर अहमद र अनिल शाहले मौका पाएका छन् ।नन्दन यादबको यसै खेलबाट नेपालको लागि ओडिआई डेब्यु गरेका छन् । गत महिना मात्र नन्दनले टि ट्वान्टी आईमा डेब्यु गरेका थिए । नन्दन नेपालका लागि ओडिआई खेल्ने ४२औं खेलाडी हुन् ।

८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपाल १५ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ । नेदरल्याण्ड्स २२ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ । लिग टु का खेलहरु सकिएपछि असार १ ९१५ जुन० गते यीनै तीन टोलीको सहभागितामा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज पनि स्टकटल्याण्ड मै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply